जिओ फोर्डको फोर्ड फेस्टिभ अफर

काठमाडौं । जिओ अटोमोबाईल्स प्रा.लि. (जिओ फोर्ड), नेपालकालागिफोर्ड गाडीहरुको अधिकृत बिक्रेताले नेपालमा सबैभन्दाहर्ष उल्लासका साथ मनाइने चाडपर्व दसैँ–तिहारलाई लक्षितगर्दैफोर्ड फेस्टिभ अफर ल्याएको छ । यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरै जसो अटोमोबाईल्सब्राण्डले यसै समयमाविभिन्न योजनाहरु ल्याउने गरेका छन । यो वर्ष फोर्ड फेस्टिभ अफर अन्र्तगत, ग्राहकहरुको सुविधालाई ध्यानमा राखी, ग्राहकहरुले उपलब्धतीनअफरहरु मध्ये एउटा छनोट गर्न सक्दछन् र नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निस्शुल्कबीमा जस्ता नियमितलाभहरु पनिलिन सक्छन् । गाडीको बुकिङ्गमानगद छुट, सडक कर र बीमाको नियमितलाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौटगर्न सक्दछन् ।

योजना १  : स्क्याच कार्ड–ग्राहकले बक्सबाट ३ वटा स्क्याच कार्ड छनौट गरी रु. ४,५०,००० सम्मजित्ने मौकापाउने छन् । प्रत्येक स्क्याच कार्डमाग्यारेण्टी मूल्य रु.२५,००० रहेको र बढीमा यो रु. १,५०,००० सम्महुनेछ । यो अफरअन्र्तगतग्राहकहरुले विस्तृत बीमा रआधारभूत असेसोरिज प्राप्तगर्दछन ।

योजना २ : ६ महिने इएमआई होलिडे–यस योजनाअन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिककिस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुच्छ्र बैँकमार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकमतिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्दछन् ।

योजना ३ :  स्थगित भुक्तानी यस–योजना अन्तर्गत ग्राहकले ३०% रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५०% को डेलिभरी अर्डर दिई  गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २०% को लागिग्राहकलाई ४ महिनाको थपअवधिप्रदानगरिनेछ । यी ४ महिनामाग्राहकले २०% लाई बराबर भागलगाइकिस्तामातिर्नु पर्नेछ । बाँकी रकमतिरी सकेपछि , बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकिग्राहकले बैंकको  किस्तापहिले व्याहोर्न पर्ने छैन । यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध छ ।

प्रतिक्रिया