सविता र विमलको आवाजमा ‘गाँवै रमाइलो’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको युगल आवाजमा रहेको दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक भएको छ । जुन गीतमा ग्रुपमा रहेर अन्य कलाकारहरु बाबु कृष्ण परियार, डोलराज परियार, अञ्जु पोखरेल र सपना सुनारले पनि उनिहरुलाई आवाजमा साथ दिएका छन् ।

सर्जक शिव हमालले उक्त गीतको शब्द रचना गर्नुका साथै संगीत पनि उनि आफैले भरेका छन् भने सुनील परियारको संगीत संयोजन रहेको छ । सर्जक हमालकै युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोलाई बिक्रम चौहानले निर्देशन गर्नुका साथै राजेश घिमिरेको छायांकन तथा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

त्यस भिडियोमा गीतकै सर्जक शिव हमाल, कृष्ण रेउले, रमेश बाबु थापा, अर्जुन खड्का, मोडल रिना थापा, रितु तामाङ, अस्मीता राना, अर्चना काउचा, निशा मगर, सञ्जिता राना, कमल–नारायणी, प्रियंका नेपाली, रबिन ठकुरी, विमला गुरुङ, शरद एलजी, हरि घिमिरे, रमेश खाँण, सुमित्रा खाँण, अकवर खाँण र राजकुमार अधिकारी लगायत धेरै कलाकारहरुले अभिनय गरेका छन् ।

गीतको शब्दमा आफू विदेशमा भएपनि दशैँ, तिहार आएको समयमा आफ्नो देश र गाउँ नै प्राकृतिका सुन्दरताको झल्कोले रमाइलो भएको जस्ता विषयलाई उठान गरिएको छ ।

नजिकै आउँदै गरेको विजया दशमी र तिहारको छेको पारेर यस गीत ल्याएको गायिका सविता परियारले बताइन् । साथै गीतले परम्पराका लोप हुँदै गएको मौलिकताको समेत कदर गरेको उनले जिकिर गरिन् । यसैगरी वर्तमानका विषयगत मौलिक परम्परालाई जोगाउन यस गीतले सन्देश दिने गीतका सर्जक शिव हमालले बताए ।

प्रतिक्रिया