सभापति देउवाद्वारा महामन्त्री कोइरालाको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गरेको पार्टी कार्यालयले आज जनाएको छ ।

गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित भएका महामन्त्री डा. कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ ।

ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहेका डा. विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ । साथै रेमडिसिभर औषधिको प्रयोगले उनको स्वास्थ्यलाई सहज बनाइरहेको छ ।

प्रतिक्रिया