तपाईको माक्स खोई अभियान : प्रहरीको डरले मास्क लगाउछन् नागरिक

कालिकोट । कालिकोटमा तपाईको मास्क खोइ अभियान सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटको आयोजनामा बिहीबारदेखि उक्त कार्यक्रम लागू भएको हो । कालिकोट सिमाना हुँदै सुर्खेत र जुम्ला वा अन्य जिल्लाहरुमा जाने सवारी साधनमा यात्रा गर्ने सम्पूर्ण नागरिकहरुलाई मास्क अनिवार्य हुनुपर्नेछ । ट्राफिक कार्यालय कालिकोटका प्रमुख आनसिंह भण्डारीका अनुसार मास्क नलगाउनेलाई हदै सम्मको कारवाही गर्ने बताएका छन् ।

उनले कोभिड १९ को संक्रमित दिनप्रतिदिन बढ्दै गएकाले अब झन सतर्कता अपनाउनु पर्ने र समुदाय स्तरमा नागरिकलाई सचेतना जोगाउनु पर्ने बेला आएको बताएका छन् । कोरोना कोरोना भन्दा भन्दै नागरिकले सामान्य सोच बनाएका छन् । यति बेला उनीहरुलाई कोरोना बारे झन सचेतना जगाउनु प्रहरी र सबै अग्रज नागरिकको भुमिका रहने पनि भण्डारीले बताए ।

यस्तै प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी तथा प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार आजभोलि सुमदाय स्तरमा नागरिकहरु मास्क प्रयोग गर्दैनन । उनीहरुलाई समुदाय स्तरमा गएर जनचेतनामूलक कार्यक्रम र कोभिड बारे झन महत्त्वपूर्ण सुचना दिन आबश्यक रहेको बताए । उनले भने सदमुकाममा प्रहरीको डरले मात्र मास्क लगाउछन् तर प्रहरीबाट टाँढा हुँदा मास्क लगाउदैनन् ।

चालक, सहचालक, यात्रुसबैको मास्क अनिवार्य भएन भने सवारी साधन प्रहरीको कार्यालयमा थन्काइने छ । कोरोनाको कहर झन झन बड्दै जाँदा साच्चिकै नागरिकले वेवास्ता गरिरहेको पछिल्लो सर्बेक्षणले देखाएको छ । स्थानिय नागरिकले कोरोनालाई सामान्य रुपमा लिएका छन् । समुदाय स्तरमा स्थानिय तहको ध्यान त्यति गएको देखिदैन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया