उदय र मनिलाको गजल

काठमाडौं । चर्चित गायक उदय सोताङ र गायिका मनिला सोताङको आवाज रहेको नयाँ गजल सार्वजनिक भएके छ । सुरेश वाग्लेको शब्द रहेको ‘एउटा गजल तिम्रो लागि’ बोलको उक्त गजलमा संगीत गायक उदयले नै भरेका छन् । गजलमा युगल जोडी उदय र मनिलाको जीवन सार प्रस्तुत गरिएको छ । प्रेमिल शब्दले भरिएको उक्त गजलको भिडियोमा पनि गायक उदय र गायिका मनिलाकै अभिनय छ ।

सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । मायाप्रेम र प्रेमिल विषयमा केन्द्रित उक्त गजलले दर्शक तथा स्रोताको मन जित्नेमा आफू आशावादी रहेको गीतकार वाग्लले बताए ।

प्रतिक्रिया