अनलाइन शिक्षामा फड्को मार्दै फिदिम मावी

पाँचथर । फिदिम माविले अनलाईन शिक्षातर्फ फड्को मारेको छ । उक्त मावीमा २०७६ सालबाट एक नम्बर प्रदेश सरकारको समन्वयमा अनलाईन शिक्षा सुरु गरिएको थियो । विद्यालयलाई डिजिटल प्रणालीमा लैजान प्रदेश सरकारको १६ लाख लगानी रहेको छ ।

प्रदेश एक सरकार, सामाजिक विकास मन्त्रालयको शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममार्फत अनलाईन सुरु गरिएको माविका प्रअ बिनोद कुमार ठाकुरले बताए । सरकारले प्रदेशलाई डिजिटल बनाउने उद्देश्यले पहिलो चरण विद्यालयबाट सुरु गरिएको प्रअ ठाकुरको भनाइ छ ।

प्रदेश एक को एक सय विद्यालय मध्ये फिदिम मावीले सुरु गरिसकेको छ । अनलाईन प्रणाली, ईन्जिनियरीङ, विज्ञानका विद्यार्थीहरुलाइ सञ्चालन गरिएको र अन्य संकायका बालबालिकाहरुको पनि अनलाईन शिक्षा सुरु गरिने ठाकुरको भनाइ छ ।

अनलाईन सुरु गर्नका लागि प्रदेश सरकारको प्राविधिक सहयोगमा तीन महिने तालिमबाट ४५ जना कर्मचारीलगायत शिक्षकहरुले अनलाईन सिकेका थिए । शिक्षकहरु माझ दक्ष प्राविधिकबाट शैक्षिक सामग्री निमार्ण कार्यसाला ११ दिनको सिकाइले डिजिटल प्रणालीमा कक्षा सञ्चालन गर्न थालिएको प्रअ ठाकुरले बताए ।

प्रतिक्रिया