नदिमा साइकलसहित खसेर बेपत्ता भएकामध्ये एक बालकको शव भेटियो

प्यूठान । गत साउन २४ गते मोटरबाटोमा साइकल चलाउने क्रममा साइकलसहित खसेर माडी नदिमा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला परेको छ ।

नदिमा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका– ७ का दुई बालकमध्ये एक जनाको शव भेटिएको प्रहरीले जनाएको हो । नदिमा बेपत्ता भएका बालकमध्ये ११ वर्षीय विपिन गौतमको शव माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालय नयाँगाउँदेखि केही तल माडि नदिको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

उनीसँगै बेपत्ता भएका सञ्जोक पार्धे अझै फेला परेका छैनन् । बेपत्ता बालक नभेटिएपछि गत साउन २८ गते परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका थिए ।

प्रतिक्रिया