‘सुन्तला र स्याउ’ की मोडल सोनाम पुनः अभिनयमा फर्किँदै

काठमाडौं । लोक गायिका शकुन्तला थापा, शिला आले, तथा गायक रेशम गुरुङ र निर गुरुङको आवाजमा रहेको पुरानो गीत ‘सुन्तला र स्याउ’ की मोडल सोनाम गुरुङ लामो समयसम्म ज्ञाप बसेपछि अहिले फेरि पुनः म्युजिक भिडियोको अभिनयमा फर्किने भएकी छन् । उनले त्यो समयमा पनि करिव आधा दर्जन हाराहारी गीतको भिडियोमा अभिनय गरेको बताइन् ।

स्याङ्जाको काउलेमा जन्मिएकी मोडल गुरुङले ०५९ सालमा शशस्त्र प्रहरी एपिएफ क्लवको सांस्कृतिक शाखामा कार्यरत भइ हाल त्यस क्षेत्रबाट रिटाएर भएको पनि दुई वर्ष पुगेको जानकारी दिइन् । गुरुङले अभिनय गरेको गीत मध्ये सुन्तला र स्याउ त्यो समयमा चर्चित थियो । उनले सांगीतीक कार्यक्रमकै सिलसिलामा कोरियामा ४ पटक, हङङमा २ पटक, सिंगापुरमा ३ पटक, कतारमा २ पटक साउथ सुडान, कुवेत, अमेरिकामा एक–एक पटक पुगेकोसमेत बताइन् ।

एपिएफ क्लवमा भएको कारण विभिन्न देशका स्टेज कार्यक्रमहरुमै व्यस्त भएकाले म्युजिक भिडियो ज्ञाप बसेको सुनाइन् । तर, अबदेखि म्युजिक भिडियोका अभिनयबाट आफ्नो करियर अघि बढाउने उद्देश्य बोकेको उनको भनाइ छ । बाल्यकाल अवस्थादेखि नै कलाकारीतामा भविश्य देखेकाले यो क्षेत्र त्याग्न नसकेको गुरुङले विचार व्यक्त गरिन् ।

उनले सुरुबाटै आफूलाई यस क्षेत्रमा आउन आफ्नै दिदी जालुमाया गुरुङ प्रेरणाको स्रोत भएको पनि सुनाइन् । त्यस्तै, अहिले आफूलाई अगाडि बढाउनेमा निर्देशक तथा मोडल शंकर बिसी, गायक प्रेम लोप्चन र वरिष्ठ कलाकार मिथिला शर्माले साथ दिएकाले सहजै रुपमा यस क्षेत्रमा अघि बढ्न सक्नेमा ढुक्क भएको उनले जिकिर गरिन् । भिडियोका विभिन्न बिटको गीतहरुमा नृत्य गर्न सक्ने पनि गुरुङले बताइन् ।

आफ्नो बु्वा आमा पनि कलाकार भएको र श्रीमान्बाट पनि यस क्षेत्रमा साथ र समर्थन मिलेको उनले बताइन् । ‘घर परिवारका सबै सदस्य र श्रीमान्बाट पनि मलाई यो क्षेत्रमा ठूलो साथ मिलेको छ,’ गुरुङले भनिन्, ‘म्युजिक भिडियोमा अभिनयसँगै अन्य पेशा जस्तै अरुलाई नृत्य पनि सिकाउँदै यही कलाकारीतालाई प्रथामिकता दिएर भविष्य यसैमा गुजार्ने सोंचेको छु ।

प्रतिक्रिया