चीनले पनि बनायो नयाँ कोरोना भ्याक्सिन

एजेन्सी । चीनले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरेको छ । रुसले दुईदिनअगाडि कोरोना भाइरसको भ्याक्सिन तयार पारेको घोषणा गरेसँगै चीनले पनि भ्याक्सिन निर्माण गरेको जनाएको छ । चीनले निर्माण गरेको उक्त भ्याक्सिन तत्काल सर्वसाधारणको पहुँचमा नपुग्ने भएको छ । किनकी चीनले पहिले चिनियाँ जनमुक्ती सेनालाई प्रयोग गर्न अनुमति दिएको छ ।

रुसी खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन् । रुसले डब्ल्युएचओसँग समन्वय नगरी निर्माण गरेको उक्त भ्याक्सिनले कोरोना संक्रमितका लागि उपयोगी भएको दाबी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटीनले उक्त भ्याक्सिन कोरोना संक्रमित आफ्नी छोरीमा पनि सफल परीक्षण भएको बताएका छन् ।

रुसले निर्माण गरेको भ्याक्सिनको नाम स्तुपनिक–५ राखिएको छ । उक्त भ्याक्सिन गामालेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको हो । यता चीनमा क्यानसिनो बायोलोजिक्सले उक्त भ्याक्सिन तयार पारेको हो ।

क्यानबरामा रहेको अनुसन्धान समूहका चीन पोलिसी सेन्टरका निर्देशक एडम निले छनौट रोग र जैविक हतियार जस्ता सैन्य अनुप्रयोग भएका क्षेत्रमा सेनाको उन्नत चिकित्सा अनुसन्धान प्राकृतिक स्रोतमा केन्द्रीत भएको बताए । उनले भने, ‘यसले महामारीको बखत धेरै काम गरेको छ ।’ ।

प्रतिक्रिया