‘सञ्जय दत्तले क्यान्सर जित्ने विशवाश छ’ : मनिषा कोइराला

काठमाडौं । बलिउडकी नायिका मनिषा कोइरालाले बलिउड स्टार सञ्जय दत्तले क्यान्सर जित्ने भन्दै सुस्वास्थ्यको कामना गरेकी छन् । दत्तलाई फोक्सोको क्यान्सर भएको छ । मङ्गलबार साँझ फिल्मी पत्रकार कोमल नाथले यसबारे खुलासा गरेका थिए ।

दत्तको स्वास्थ्य चूनौतिबारे थाहा पाएपछि आफू स्तब्ध भएको कोइरालाले जनाएकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत कोइरालाले दत्तले जीवनमा ठूला–ठूला संघर्ष भोगेको र ती सबैलाई परास्त गरेको पनि स्मरण गराएकी छिन् । दत्तले क्यान्सरलाई पनि जित्ने उनले विश्वास लिएकी छिन् । उनले दत्तको सुस्वास्थ्यको लागि कामनासमेत गरेकी छिन् । यसअघि दत्त ८ अगष्टमा अस्पताल भर्ना भई दुई दिनपछि डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया