‘बिग बोस–१४’ मा बोल्ड साक्षीको इन्ट्री

मुम्बई । ग्ल्यामरका कारणले पनि चर्चामा रहेकी साक्षी चोपडाको नाम ‘बिग बोस १४’सँग जोडिएर आएको छ । बलिउड अभिनेता सलमान खानकै होस्ट रहने कार्यक्रम ‘बिग बोस–१४’को पहिलो प्रोमो केही आगाडि सार्वजनिक भएको थियो । साक्षी धारवाहिक धार्मिक सिरियल ‘रामायण’का निर्माता रामानन्द सागरकी नातिनी हुन् । समाचारमा उल्लेख भए अनुसार साक्षीका लागि ‘बिग बोस–१४’ प्रपोज गरिएको थियो । तर साक्षीले भने यस विषयमा मुख खोलिसकेकी छैनन् ।

साक्षी बिग बोसमा आइन् भने सोमा ग्यामर भित्रिने पक्का छ । त्यसैले साक्षी र बिग बोसका फ्यान उनलाई शोमा देख्न एक्साइटेड रहेका छन् ।  साक्षी सधैँ बोल्ड तथा ब्युटिफुल लुक्सका कारणले चर्चामा रहने गर्दछिन् । उनी गीतकार तथा गायिका पनि हुन् । उनको सोशल मिडियामा धेरै फलोअर्स छन् ।

साक्षी छिट्टै नयाँ गीत रिलिजको तयारीमा लागेको बताइएको छ । उनको सफल निर्माताको परिवारसँग पनि उठबस छ । उनकी आमा मीनाक्षी सागर समेत नाम चलेकी निर्माता हुन् ।
साक्षीका इंस्टाग्राम उनका बोल्ट तस्बिरले भरिएका छन् । उनले इंस्टाग्राममा बिकनी र टपलेस तस्बिरहरु शेयर गरेकी छन् । उनको तस्बिर निकै रुचाइएको छ भने शेयर समेत भएका छन् ।

प्रतिक्रिया