काठमाडौं । रेशम चिडीले तिजको छेको पारेर कोसेली स्वरुप ‘शितल’ नाम गरेको तिज गीत ल्याएका छन् । उक्त गीतमा गायक राजु सुनाम, गायिका सम्झना पुन मगर र गीता रोक्काले आवाज दिएका छन् भने राजु सुनामले नै गीतको शब्द रचना र संगीत भरेका हुन् ।
त्यस्तै, त्यस गीतको भिडियोमा मान सिंह खड्काको निर्देशन रहनुका साथै सागर गौतमको छायांकन तथा राजकुमार मगरले सम्पादन गरेका छन् । यसैगरी उक्त भिडियोमा मोडल सम्प्रीया खड्कासँग रेशम चिडीले रोमान्स गरेका छन् ।
गीतको भिडियोमा मोडल खड्का र चिडीको साथमा चित्रा मगरको पनि अभिनय रहेको छ । नजिकै आइरहेको महिलाहरुको तिजलाई मध्यनजर गरेर फरक खालको गीत ल्याएको चिडीले बताए ।
प्रतिक्रिया