राजनीतिको नाममा स्वार्थको व्यापार

ओली सरकारको निरन्तरता मुलुकका लागि अभिशाप हुने सम्भावना बढ्दै छ । नेकपा एक भएर जाने परिस्थिति नभएको र दलभित्रैबाट नेतृत्व परिवर्तनको सम्भावना पनि नरहेकाले राष्ट्रिय सरकार निर्माणमा लाग्नु आवश्यक छ। यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दल कांगेसको महत्वपूर्ण भूमिकाहुन्छ । कांग्रेसले यतिबेला महत्वपूर्ण भूमिका खेल्न सकेको छैन ।

लामो समयदेखि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनिर्णयको बन्दी बनिरहेको छ । अहिलेसम्म पार्टीले आप्mनो पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलाउन सकिरहेको छैन ।दुईजना अध्यक्षलेबैठक राख्ने र स्थगित गर्ने गाईजात्रा देखाइरहेका छन् । दुवै पक्षका नेता कार्यकर्ताले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मिल्नुपर्छ भन्ने आवाज उठाइरहेका छन् । तर, दुवै अध्यक्षहरू नेता कार्यकर्ताहरूको कुरा सुन्न तयार छैनन् ।नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुग्नु भनेको लोकतन्त्र माथिको खतरा हो ।

ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्न अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाललगायत अन्य नेताले दबाब दिएका छन् । जुन कारणलेअन्तरद्वन्द्वले उग्र रूप लिएको हो ।तर, प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।दुवै पक्ष आआफ्नो अडानमा रहेकालेनै यो समस्याआएको हो । नेकपा भित्रको यो अन्तरद्वन्द्वले मुलुकलाई अपूरणीय क्षति भइरहेकोछ ।

भारतसितको सीमा विवादको विषय अघि बढ्न सकेको छैन। नयाँ नक्सा सार्वजनिक भएपछि आमनागरिक खुसी भएका थिए । तर,अहिले त्यो उत्साह सेलाएको छ । कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भइरहेको छ ।समुदाय स्तरमा कोरोना फैलिँदो छ ।कोरोना यही रूपमा बढ्यो भने सरकारको नियन्त्रणबाहिर जानेछ। विराटनगर, इनरुवा, राजविराज, वीरगञ्जजस्ता तराई–मधेसका सहर फेरि बन्दाबन्दीको चपेटामा परेका छन्।सतर्कता नअपनाउँदायो परिणाम आएको हो। मुलुक फेरी कोरोना भाइरससँग लडिरहेका बेला सत्तारूढ दलभित्रको विवाद देश र जनताका लागि राम्रो सन्देश होइन ।

नेकपाभित्रको अन्तरद्वन्द्वके हो भने एमाले तथा माओवादीबीच जुन किसिमले अप्राकृतिक गठबन्धन भयो त्यसको उपज हो । पछिल्लो गतिविधि हेर्दायी दुई पार्टीबीच पूर्णरूपमा मिलन भइसकेको अवस्था छैन।जनतालाई सपना बाँडेर निर्वाचनमा विजय हासिल गर्न जति सजिलो भयो, त्यसलाई सार्थक निष्कर्षमा पु¥याउन त्यति सजिलो छैन । दुई फरक बाटो समातेका पार्टीबीचको मिलन लामो समयसम्म टिक्ला भन्ने लाग्दैन । पछिल्लो अन्तरसंघर्ष त्यसैको परिणाम हो भन्ने बुझ्नुपर्छ । एउटा पार्टीमा दुईजना अध्यक्ष हुनु भनेको नै समस्या हो । नेकपाको सरकार मुलुकलाई भार भएको छ ।दुईतिहाइ सरकारले देशको मुहार फेर्ला भन्ने जनतालाई आशा थियो तर यो सबै आशा निराशामा परिणत भएको छ ।

सरकारका गतिविधिलेनागरिक सन्तुष्ट हुन सकेका छैनन् ।चीनसितको निकटता र भारतसँगको शत्रुताले सरकार चेपुवामा परेको छ ।सम्बन्ध भनेको समदूरीमा हुनुपथ्र्यो ।सीमा विवादमा भारतसित वार्ता हुन नसक्नु भनेको सम्बन्धमा चिसोपना बढ्नु हो ।ओली सरकारको निरन्तरता मुलुकका लागि अभिशाप हुने सम्भावना बढ्दै छ। नेकपा एक भएर जाने परिस्थिति नभएको र दलभित्रैबाट नेतृत्व परिवर्तनको सम्भावना पनि नहरेकाले राष्ट्रिय सरकार निर्माणमा लाग्नु आवश्यक छ। यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दल कांगेसको महत्वपूर्ण भूमिकाहुन्छ ।कांग्रेसले यति बेला महत्वपूर्ण भूमिका खेल्न सकेको छैन । नेपाली कांग्रेसबाट पनि जनताले ठूलो आशा राखेका छैनन् ।

लोकतन्त्रमा राजनीतिलाई सेवा मानिन्छ । नेपालमा राजनीति व्यापार भएको छ । व्यापारीले सेवा गर्दैन ।उसले मुनाफा मात्र हेर्छ ।यहाँ राजनीतिलाई राष्ट्र र जनताका हितमा लगाइएन ।राजनीति गर्ने भनेको जनताको सेवा गर्नु हो । ओली सरकारले नागरिकलाई सेवा दिन सकेन । भ्रष्टाचार रोक्ने सामान्य प्रयत्नसम्म गरेन । नेपाल कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइको जननिर्वाचित सरकार बनेपछि अढाइ वर्षको अवधिमा देश र जनताका लागि देखिने र अनुभव गर्न सकिने कुनै पनि काम हुन सकेको छैन ।

विकास र समृद्विको आशा मर्दै गरेको छ । पछिल्लोपटक संविधानसभाबाट संविधान बनेर देश संघीयतामा प्रवेश गरेपछि गाउँगाउँमा विकासको मूल फुट्ने आशा पलाएको थियो । अझै तत्कालीन माओवादी र एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि अब नेपाल बन्ने भयो भन्ने आशा सबैमा थियो ।‘समृद्ध नेपाल सुखी नेपाली’को नारा कता हरायो ?आमनिर्वाचन पछाडि बनेको नेकपाको सरकारलेजनताको आशा र विश्वासलाई लामो समय टिकाउन सकेन । जनताका आशाहरूनिराशामा बदलिन थाले । देशमा अनेक प्रकरण घट्दै गए । फलस्वरुप दुई÷अढाइ वर्षको अवधि पार गर्न नपाउँदै राज्यको अनुहारमा अनेक प्रकारका दाग देखिन थाले । दलभित्र सत्ता स्वार्थका लागिठूलो लडाइँ हुन थाल्यो ।

अहिले एकातिर कोरोना, बाढीपहिरो लगायतका समस्याबाट सिंगो मुलुकले राहतको अपेक्षा गरेको छ भने अर्कोतिर दलभित्रका गुट, उपगुट र यिनीहरूको अंशियारी भागबन्डामा भाले जुधाइ जारी छ ।यो मुलुकले लामो समयसम्मपनि राजनेता पाउन सकेन । ‘जुन जोगी आए पनि कानै चिरेको’ जस्तै भयो । निरंकुश राज्य व्यवस्थालाई विकासको बाधक ठानेका राजनीतिक दलहरू र जनताले प्रजातन्त्र ल्याउनका लागि लामो संघर्ष गरे । प्रजातान्त्रिक अभ्यास नेपाली समाजका लागि चरम राजनीतिक अस्थिरता, भ्रष्टाचार, अनियमितता, महँगी, बेराजगारीजस्ता समस्याको स्रोत बन्यो ।

लोकतन्त्र, गणतन्त्र, जनतन्त्रजस्ता नाम दिएर यसको आवरणभित्र केही नेता एवं कार्यकर्ताले फाइदा लिइरहेका छन । राष्ट्रको ढुकुटीमा रजाइँ गरिरहेका छन् । आफ्नो दललाई बलियो बनाउन नसक्ने नेताहरूले कसरी देशलाई बलियो बनाउन सक्छन्जनताको भावना र भविष्यलाई वास्ता नगर्ने र गुटमा रमाउने आचरण भएका नेताबाट कसरी देशको विकास र आर्थिक समृद्घि सम्भव छ ? आपूmलाई सर्वहारा भन्न पनि नछाड्ने तर देशका अर्बांैको ठेक्का पट्टा, कमिसन र राज्यको ढुकुटीमा रमाउने नेताका राजधानीमा आलिसान महल छन् । उनीहरू महँगा गाडी चढ्छन् । दर्जनौँ सुरक्षाकर्मीको घेराबन्दीमा बस्ने गर्छन् । नेपालजस्तो देशमा विकासको पहिलो प्राथमिकतामा कृषि, पर्यटन, पानी, जडीबुटीको क्षेत्र हुनुपर्दछ । राज्यको अदूरदर्शिता र राजनीतिक दलहरूको क्रियाकलापले सिंगो समाज निराश भएको छ ।

हाम्रो देशमा लोकतन्त्र, गणतन्त्रको नाममा फाइदा लिनेहरूको जमात छ ।समाजमा पिछडिएका महिला, जनजाति, मुस्लिम, थारू, सीमान्तकृत, गरिब, दलित, पूर्वहलिया, कमलरी, माझी, कुसुन्डा, भूकम्पपीडित, बाढीपहिरो पीडितलगायतका रोग, शोक र भोकमा डुबेका नागरिकको अवस्था ज्युँका त्युँ छ । आवाजविहीनहरू भोकाको भोकै, नांगाको नांगै छन् ।

राजनीतिकलाई पेसा बनाएका दलहरूले पुँजीवाद, समाजवाद, जनवाद, लोकतन्त्र, जनतन्त्र, समाजवाद आदि शब्दजालमा जनतालाई फँसाएर आफ्नो राजनीतिक स्पेस बनाउन सफल भए । दलहरूलेजनतालाई रोग, शोक र भोकमा पिल्सिन बाध्य बनाएका छन ।दुःखी जनताले तिरेको करमा रमाउने, आर्थिक अनियमिता गर्ने, भ्रष्टाचारगर्नेजस्ता काम अझै रोकिएको छैन । मुलुकको राजनीति सही बाटोमा अझै जान सकेको छैन । जनताको समस्या अझै समाधान हुन सकेको छैन ।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकार भनेको छ । संविधानमा विद्यालय शिक्षालाई निःशुल्क गर्ने भनिएको छ । निजी कलेजमा नेताहरूकै लगानी भएको समाचार आउने गरेका छन् । शिक्षाजस्तो प्राज्ञिक क्षेत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्म राजनीतीकरण गरिएको छ । यसरी देश बन्न सक्दैन । देश बनाउनका लागि नेताहरू त्यागी हुनुपर्छ । हाम्रो देशका राजनीति दल र तिनका नेताहरू स्वार्थी भए । स्वार्थी नेताले देश बनाउन सक्दैनन्, यो कुरा नेपालका नागरिकले बझ्न जरुरी छ । जबसम्म नागरिक सचेत र दबाबकारी हुँदैनन् त्यस बेलासम्म देश बन्दैन । सरकारका कार्यक्रमलाई सफल बनाउन सिंगो पार्टी पंक्ति माथिदेखि तलसम्म एक ढिक्का भएर परिचालित हुनुपर्दछ । तर, सरकारका अभियानमा पार्टी पंक्ति परिचालित भएन भने अभियान सफल हुन सक्दैन । अहिले कोरोनाले सिंगो मुलुक आक्रान्त बनिरहेको छ । केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबाट पार्टी पंक्ति परिचालित हुनेगरी समन्वय गर्न जरुरी छ ।

सरकारले सञ्चालन गर्ने दैनन्दिनका अभियान, सरकारले तीनवटै तहमा सञ्चालन गर्नेे विकास निर्माणका कार्यमा पार्टीको तर्फबाट समन्वय, जनपरिचालन, अनुगमन र विकास निर्माणका कार्यमा मितव्यययिता, गुणस्तरीयता र पारदर्शिता कायम गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ । सत्तारूढ पार्टीले सरकारका कामलाई प्रभाकारी बनाउन ठोस नीति र संयन्त्र नबनाउने हो भने सरकारका कामको पार्टीले अपनत्व र स्वामित्व लिने स्थिति हुँदैन ।

प्रतिक्रिया