सिटिजन लाइफको जीवन बीमा कोषमा बृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७६/०७७ को चौथोे त्रैमासिकको वित्तीयविवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा १६४ प्रतिशतले वृद्धि गरेको छ । गत आषाढ मसान्तमा कम्पनीको जीवन बीमा कोष ६३ करोड ४८लाख रहेकोमा यस आषाढ मसान्तमा सो रकम १ अर्व ६७ करोड ८८ लाख पुगेको छ । यसका साथै कम्पनीले गतआ. व. को आषाढ मसान्तसम्ममा कुल बीमा शुल्क रु. १ अर्व १६ करोड ५१ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा १ अर्व ९६ करोड ८३ लाख कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ६९ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १६४ प्रतिशतको वृद्धी गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले बढाएर ४९ करोड ६१ लाख पुगेको छ । साथै कम्पनीले लगानीर बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्तहुने आयमा ३१ प्रतिशतको वृद्धी गरी रु. ३३ करोड ८३ लाख पु¥याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ३ अर्व ८६ करोड ८८ लाख मध्ये करिब ९१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्चदरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने कम्पनीको दावी छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमालिदै आगामीदिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजनकार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ । त्यस्तै, नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया