छायाँनाथामा बाह्रै महिना दर्शन गर्न पाइँने

मुगु । विश्वका चार धामको जेठो धामका रुपमा परिचत छायाँनाथ धाममा अब बाह्रै महिना दर्शन गर्न पाइँने भएको छ । छायाँनाथ धाममा शिव पार्वतिको मुर्ति स्थापाना भएसँगै अब जनैपूर्णिमाको दिनबाहेक अन्य समयमा पनि छायाँनाथ धाममा गएमा पनि शिव माहदेवको दर्शन गर्न पाइँने भएको हो ।

जनैपूर्णिमाको अवसरमा छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले पवित्रस्थल छायाँनाथ धाममा पुगी शिव माहदेवको मुर्ति स्थापाना गरेका छन् । शिव र पार्वतिको मुर्ति स्थापाना भएसँगै अब जुनसुकै समय पनि छायाँनाथको दर्शन गर्न जाने तिर्थालु भक्तजनले छायाँनाथको दर्शनसँगै शिव माहदेवको पनि दर्शन गर्न पाउने भएका हुन् ।

छायाँनाथमा पुगेर शिव महादेवको रुप मानेर पूजापाठ गर्ने र आ–आफ्ना कुलदेवताका मुर्तिहरू नुहाएर शुद्ध पार्ने कामसमेत गरिन्छ । तर, छायाँनाथ धाममा अन्य समयमा पनि भक्तालु त्यहाँ जाने भएकाले उनिहरुले शिव, महादेवको रुप मानेर दर्शन गर्न पाउँदैन । छायाँनाथ धामको तिर्थयात्रासँगै भगवान् शिव माहदेवको दर्शन गर्ने भक्तालुलाई सहज होस् भन्ने उदेश्यले मुर्ति स्थापाना गरेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले बताए ।

छायाँनाथको मुर्ति जनैपूर्णिमाको दिन मात्रै छायाँनाध धाममा लगिन्छ । त्यसपछि मुर्तिलाई छायाँनाथ रारा नगरपालिका– २ चैनमा स्थापित छायाँनाथ मन्दिरमा राखिने भएकाले पनि छायाँनाथ धाम जाने दर्शालु भक्तजनले भगवान्को दर्शन गर्न पाउँदैनन् । अब जुनुसुकै समयमा पनि छायाँनाथ धामको तिर्थयात्रा गर्नेहरुका लागि सहजको लागि मुर्ति स्थापाना गरेको नगरप्रमुख शाहीले बताए ।

छायाँनाथ धामको तिर्थयात्रा साउन शुक्ल अष्टमिका दिनबाट सुरु हुन्छ । मुगुभन्दा बाहिर जिल्लाका दर्शालु भक्तजन समय अभावका कारण साउन शुक्ल अष्टमिभन्दा अगाडि छायाँनाथ धाममा जाने र उनिहरुले भगवान् शिव, माहदेवको दर्शन गर्न नपाई फकिर्ने गरेको बताउँछन ।

पवित्रस्थल छायाँनाथ पुगेर भगवान् शिव, माहदेवको मुर्ति स्थापाना गर्न सहयोग गर्ने नगरप्रमुख शाहीलाई धन्यवाद दिँदै छायाँनाथ दर्शन गर्न पुगेका भक्तजन बिर्ख शाहीले मुर्ति स्थापानासँगै अन्य समयमा छायाँनाथ धाममा जाने दर्शालु भक्तजनलाई पनि भगवान् शिव, माहदेवको दर्शन गर्न सहज हुने भएको भन्दै खुशी वयक्त गरेका छन् ।

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेको सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथ धाममा पतन भएको हुँदा वर्षेनी छायाँनाथामा साउन शुक्ल अष्टमिको दिनदेखि पूर्णिमासम्म जनैपूर्णिमाको दिन मेला लाग्ने र तीर्थालुहरू श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान माग्न, धामिझाँक्री शुद्ध हुन छायाँनाथ धाम जाने गर्दछन् ।

प्रतिक्रिया