बिमल डाँगीको पीडादायी गीत ‘घर बगायो’

काठमाडौं । लोक गायक बिमल डाँगीले बाढी पीडितको दुःख बुझाउने गरी ‘घर बगायो’ बोलको गीत ल्याएका छन् । गायक डाँगीको आफ्नै शब्द, संगीत र एकल आवाज रहेको उक्त गीतमा अर्का संगीतकार बिबी अनुरागीले संगीत संयोजन गरेका छन् ।

त्यस गीतको भिडियो उनको आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरेका छन् । उक्त भिडियोमा भारी वर्षाका कारण विभिन्न नदी तथा खोलानालामा उर्लिएको भेल र पहिरोले क्षतविक्षत बनाएका घरहरुको दृश्य देखाइएको छ ।

देशका विभिन्न जिल्लाका नागरिकले यस्तै दुःख भोग्न बाध्य भएको बेला यस गीत ‘घर बगायो’ ल्याएको बिमल डाँगीले बताए । उनका यसभन्दा अघिका ‘पानसमा बत्ती बालेको’ लगायत विभिन्न गीतले चर्चा पाएका थिए ।

प्रतिक्रिया