तिज गीत ‘सलहका बगाल’ सार्वजनिक

काठमाडौं । केही समय अघिबाट भारतलगायत अन्य देशबाट नेपाल भित्रिएको सलह किरालाई उठान गरेर तिज गीत ‘सलहका बगाल बारीको पाटामा’ नामक सार्वजनिक भएको छ । सञ्चारकर्मी एवं गीतकार लोकराज अधिकारीको शब्द रचना रहेको उक्त गीतमा गायिका सुजाता केसी र रोजि श्रेष्ठले आवाज दिएका छन् ।

अर्का संगीतकार अर्जुन पोखरेलले त्यस गीतमा संगीत भरेका हुन् । त्यस्तै, आरसी सापकोटाको युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियो अजय रेग्मीले खिचेका छन् भने दिपक विष्टले सम्पादन गरेका छन् । यसैगरी, मोडल दिपासा बिसी र शुशिला थापाको यक्त भिडियोमा अभिनय रहेको छ ।

किसानले खेतबारीमा लगाएको विभिन्न अन्नबाली सलह कीराको ठूलो हुल आएर सखाप पार्न थालेपछि कृष अझै चिन्तित छन् । त्यस कीरालाई भगाउने विकल्प नै खेतबारीमै गएर बाजागाजा, नाचगान गर्नेलगायत विज्ञले दिएको सुझाव अनुसार नै ‘सलहका बगाल बारीको पाटामा’ गीत ल्याएको गीतकार लोकराज अधिकारीले बताए ।

अझै पनि उक्त सलह कीराले देशका विभिन्न जिल्लामा अन्नबाली नष्ट गरिरहेका छन् । कतिपय स्थानका किसान सलह कीरा भगाउँन बाजागाजा जस्तै थाल, जर्कीन ठटाउँनदेखि गीतसमेत गाइरहेका छन् ।

प्रतिक्रिया