खोजखबर

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

सौर्य अनलाइन २०७७ साउन १५ गते १८:०२ मा प्रकाशित

मुग्लिन । पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै उक्त राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय