खोजखबर

१२८ केजी लागूऔषध गाँजासहित दुई जना पक्राउ

सौर्य अनलाइन २०७७ असार २१ गते ८:२९ मा प्रकाशित

मकमवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागूऔषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ५ बजे हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्यांकरमा लुकाईछिपाई लागू औषध गाँजा ओसार पसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीले सो ट्यांकरका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय