नृत्य निर्देशक खानको निधन

मुम्बई । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनले हवा हावाइ, ढक ढक र एक दो तीन लगायतका दर्जनौं गीतको नृत्य निर्देशन गरेकी थिइन् । उनी बलिउडमा झण्डै चार दशक सक्रिय भएकी थिइन् ।

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ भएकी थिइन् । उनीलाई गत जुन २० मा गुरुनानक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना परीक्षण समेत गरिए पनि संक्रमण भने नदेखिएको चिकित्सकले बताएका छन् ।

खानका भाञ्जा मनिष जग्वानीले भने, ‘उहाँको गएराती साढे २ बजे अस्पतालमै निधन भयो ।’ खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उनको निधनप्रति भारतका सयौं कलाकार र लाखौं शुभेच्छुकले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया