दैलेखकै ल्यावबाट कोरोनाको अन्तिम रिपोर्ट

दैलेख । कोरोना माहामारीको बेलामा दैलेखमा जटिल प्रस्थितीलाई सामना गर्नको लागि दैलेखमा पीसिआर उपकरण जोडेसंगै दैलेखकै ल्यावबाट कोरोनाको अन्तिम रिपोर्ट दिने भएको छ ।

दैलेख कोरोनाको उच्च जोखिममा भएको भन्दै दैलेखमा करिब १२ दिन अगाडि पीसिआर मेसिन जडान भएको थियो । उक्त मेसिन जडान गर्नको लागि केही पूर्वाधार नभएको कारण परिक्षणमा ढिलाई भए पनि शुक्रबारबाट पीसिआर पोजेटिभ वा नेगेटिभको अन्तिम रिपोर्ट दिन थालेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

दैलेखलगाएत कर्णाली कोरोना भाइरस (कोभिड १९) को केन्द्र बन्दै गएको बेला दैलखमै अन्तिम रिपोर्ट आएपछि यहाँका नागरिकहरुमा त्रास कम भएको छ । एकातिर दैलेख कोरोनाको केन्द्र बन्दै गएको र अर्कोतिर कोरोना परिक्षणको लागि सुर्खेत तथा जुम्लाबाट रिपोर्ट समयमा नआउँदा निराश भएका दैलेख बासि दैलेखबाटै रिपोर्ट आउने भएपछि अब दैलेखमा कम जोखिम हुन्छ की भन्ने आशामा रहेको नारायण नगरपालिका– ६ की चन्द्रा न्यौपानेले बताइन् ।

शुक्रबार दैलेखको ल्यावमा परीक्षण गर्दा थप ९ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय दैलेखको पीसीआर प्रयोगशालामा १ सय १४ जनामा गरिएको परीक्षणमा थप नयाँ ९ जनामा कोरोना पुष्टि भएको पीसिआर ल्याव तथा काेभिड -19 दैलेखका ल्याव ईन्चार्ज शंकर शाहीले बताए । स्वास्थ्य कार्यालय दैलेखले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रयोगशालामा १ सय १४ जनाको परीक्षण गरिएमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको र ९५ जनाको रिपोर्ट नेगेटिभ आएकोमा १० जनाको स्वाब पुन परीक्षण गर्दा पनि पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका डा. प्रशन्न नेपालले जानकारी दिए ।

दैलेखमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ८० पुगेको छ भने ६ सय ८३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या बढेसँगै जिल्लामा नै कोरोनको छिटो परीक्षण हुने हुँदा कोरोना समुदायमा फैलिने र महामारिको रुप लिने अवस्था न्युन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाका बिरामी दिनदिनै बढ्दै गएपछि निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद रवीन्द्रराज शर्माको पहलमा दैलेखमा पीसीआर मेसिन जडान भएसँगै अहिले उक्त मेसिनबाट जिल्लामा कोरोना परीक्षण हुँदै आएको छ ।

यता नारायण नगरपालिकाका कर्मचारी तथा जन प्रतिनिधीहरुलाई समेत कोरोनाको संक्रमण देखिएपछि नारायण नगरपालिकाबाट प्रवाह हुने सबै सेवाहरु ठप्प भएका छन् भने नगरपालिकाको कार्यलयलाई सिल गरिएको छ । कार्यलय सिल गर्नपर्ने अवस्था आएपछि नाराण नगरपालिकाको कार्यलयबाट हुने गरेका कामकारवाहीहरु नगरपालिकाको प्राङ्गणबाटै गर्ने ब्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया