ट्रेड युनियनले निजामती सेवा संरक्षण समूह गठन गर्दै

सर्लाही । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाही कार्यसमितिले कर्मचारीको वृत्तिविकाशमा अबरोध ल्याउने गरि सरकारले असार १५ गते प्रतिनिधिसभाको राज्य वयवस्था तथा सुशासन समितीबाट पारित गरेको विधेयकको विरुद्धमा यही असार २२ गते निजामती सेवा संरक्षण समूह गठन गर्ने भएको छ ।

अध्यक्ष उमेश मिश्रका अनुसार, वर्तमान सरकारले संघीयता कार्यान्वयनका लागि भन्दै ल्याएको कर्मचारी समायोजन सम्बन्धी अध्यादेश गलत नियतका साथ आएको र यसले कर्मचारीको वृत्तिविकासको ढोका बन्द गर्ने भएकाले यसको विरुद्धमा निजामती सेवा संरक्षण समूह गठन गर्नुपर्ने अवस्था आएको बताए ।

समूहले अगामीका दिनहरूमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सहि दिशानिर्देश गर्ने बताए । निजामती सेवा संरक्षण समूह गठन गर्नका लागि अध्यक्ष मिश्रले सूचना जारी गर्दै असार २२ गते दिनको १ बजे सर्लाही जिल्ला भरीका सम्पुर्ण निजामती कर्मचारीहरुलाई जिल्ला समन्वय समिती सर्लाहीको सभा हलमा अनिवार्य उपस्थित हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया