तातोपानी भन्सार कार्यालयले उठायो डेढ अर्ब राजस्व

काठमाडौं । तातोपानी भन्सार कार्यालयले तीन महिनामा एक अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

चीनमा कोरोना भाईरस महामारी फैलिएपछि बन्द भएको नाका हुँदै चैतबाट सामान आयात सुरु भएको थियो। कार्यालयले असार १५ सम्ममा एक अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । तातोपानी नाका हुँदै कोरोना प्रकोप नियन्त्रणका औषधि, कृषि सामग्री र फलफूललगायतका सामग्री आयत भएका छन् ।

बर्षतमा पहिरोको कारण बेलाबेला सडक अवरोध भएकाले सामान आयातमा समस्या भएको कार्यालयका एक कर्मचारीले बताए । तातोपानी भन्सार सुक्खा बन्दरगाहमा दैनिक १५ कन्टेनर सम्मको भन्सार हुने गरेको छ। चीनतर्फ नेपाल ल्याउने सामग्री बोकेका कन्टेनर पालो कुरेर बसेको व्यवसायीहरु बताउँछन्।

चीनले पठाएको भोलुममा सामान नेपाल भित्र्याउन नसकेको कार्यालयले बनाएको छ । पछिल्लो पटक भन्सार सञ्चालन भएसँगै नेपाल भित्रिने सामग्रीमा वृद्धि भएको छ। तर, नेपालबाट चीन निर्यात भने शून्य अवस्थामा छ। नेपालले विगतमा निर्यात गर्ने ऊन, हस्तकलाका सामग्री, गलैंचालगायतका सामान निर्यात गर्दे आएको थियो ।

प्रतिक्रिया