प्रदर्शनमा उत्रिएका तीन सय ट्याक्सी नियन्त्रणमा

काठमाडौं । लामोसमयको लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा उत्रिएका ट्याक्सी ठाउँठाउँमा प्रहरीको नियन्त्रणमा परेका छन् ।

उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको छ । ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’ जस्ता नारा लेखिएको प्लेडकार्ड र प्रर्चासहित उनीहरु प्रदर्शनमा उत्रिएका छन् ।

महाशाखाले नियन्त्रणमा लिएका ट्याक्सीहरु साँझमा छाडिने बताएको छ । एक ट्याक्सी व्यवसायीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताए ।

प्रतिक्रिया