अर्थबजार

प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी

सौर्य अनलाइन २०७७ असार १६ गते ८:५८ मा प्रकाशित

काठमाडौं । लामो समयको लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी व्यवसायीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् । व्यवसायी सडकमा उत्रएिपछि सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु परिचालन गरिएको छ ।

कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । त्यस्तै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय