नेपाली कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं । नेपाली कांंग्रेसको पदाधिकारी बैठक आज दिउसो बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टी स्रोतले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ। कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो।

कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो । पार्टीको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया