काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार बिहान थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । नयाँ संक्रमितमा म्याग्दीका ६, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २–२ र स्याङ्जाका १ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
डा. शर्माका अनुसार नवलपरासीका नयाँ संक्रमितलाई आइसोलेसनमा राखिसकिएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको छ।
प्रतिक्रिया