धान रोप्ने चटारोमा मुगुका किसान (फोटो फिचर)

मुगु । हिमाली जिल्ला मुगुमा यतिबेला धान रोप्ने चटारो चलेको छ । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका र पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका र जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाकाका केही गाउँहरुमा आजभोली धान रोप्ने चटारो भ्याई–नभ्याई छ ।नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दीकाबीच आजभोली मुगाली किसानहरु सामाजिक दूरी कायम गर्दै आफ्नो खेतबारीमा रोपाइँको चटारोले गर्दा विहानैदेखि बेलुकासम्म खेतबारीमै रहने र धान रोप्न व्यस्त रहने गर्दछन् ।

मुगुका किसानलाई मार्सि धान रोप्न भ्याइ–नभ्याई भएको हो । रोपाइँको समयमा कृषकहरुले रमाइलो गरेर खेतमा नाचगान, दोहारी, देउडा गीत घन्काउँदै एकआपसमा रमाउँदै धान रोप्ने चलन छ । विभिन्न गीत गाउँदै रोप्ने परम्पराले रौनकता छाएको छायाँनाथ रारा नगरपालिका– ५ का किसान सिहंराज विकले बताए । कोरोना भाईरस संक्रमण हुने डरले सबै रोपहार र हलिहरुले सावधानी अपनाएका छन् । सबैले मास्क लगाएर सामाजिक दूरी कायम गर्दै काम गरिरहेका छन् ।

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि कृषकमा मार्सी र स्थानीय जातको धान रोपाइँप्रति आकर्षण बढेको छ । मुगुमा उत्पादन हुने स्थानीय रातो धान, मार्सी, चन्दनाथ १ र ३, चामलको स्वाद निकै मीठो हुने भएकोले अहिले यसको माग बजारमा निकै बढिरहेको छ । यो वर्ष गर्त वर्षभन्दा धान रोपाइँ छटो गरिएको छ ।

विश्वमा महामारीले फैलिएको कोरोना भाईरस (कोभिड १९) बिकट हिमाली जिल्ला मुगुमा पनि कोरोना संक्रमित देखापरेको अवस्थामा नियमित धान रोप्ने समयमा रोप्ने र हली गोरु नभेटीने होकी भन्य हिसावले यो वर्ष १५–२० दिन पहिले नै धान रोपाइँ गरेको सोरु गाँउपालिका वडा नम्बर ८ का कृषक पबिर्ता रावलले बताइन् ।

‘हामी कृषकहरुलाई खेती नगरे कसरी जिवन निबाह गर्ते बाध्य भएर काम गर्नु पर्ने हुन्छ’, उनले भनिन् । छिटो धान रोपाइँले धान उत्पादनमा फरक नपर्ने र यस वर्ष मुगु जिल्लामा ७२ प्रतिशत धान रोपाइँ सकिसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पन्चलाल बुढाले जानकारी दिए ।

प्रतिक्रिया