
काठमाडौं । शनिबार थप २७३ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज २७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ५३३५ जना पुगेको छ । पछिल्लो पटक शनिबार २७३ जना संक्रमित थपिएका हुन् । यसैगरी, ९१३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट १८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया