
काठमाडौं । सरकारी कार्यालय अब दुई सिफ्टमा सञ्चालन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्दै लैजानेबारे भएको निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन हुने जानकारी दिए ।
बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट सञ्चालन हुने तथा १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुने उनले बताए । तर, सरकारी विद्यालय भने तत्कालको लागि बन्द रहने बताइएको छ ।
कार्यालयमा भीडभाड नहुनेगरी काम सहजरुपमा सञ्चालन गर्नको लागि यो व्यवस्थाको निर्णय गरिएको उनको भनाइ छ । आगामी असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरु सिफ्ट अनुसार नै सञ्चालन हुने पनि उनले जानकारी दिए ।
प्रतिक्रिया