कर्णालीमा कोरोना संक्रमित संख्या ३८९ पुग्यो

दैलेख । दैलेखमा एकै पटक एक सय १३ जनामा कोरोना संक्रमित भेटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबार गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र प्रदेश अस्पताल सुर्खेतमा ८ जना गरी दैलेखमा एकै दिन अहिले सम्मकै धेरै एक सय १३ जना कोरोनाका बिरामी भेटिएका हुन् । मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ भएको जुम्लाले जनाएको छ ।

सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखको नारायण नगरपालिकामा ६९ जना, देवलकाँडामा १२ जना, सोतमा ९ जना, मानटाकुरामा ७ जना, साडुमा २ जना, भवानीमा ५ जना र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

कर्णाली प्रदेशमा ११४ जनासहित यस अघिका २७८ जना गरी कुल ३८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट निकालिएको रिपोर्ट अनुसार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा कोरोना देखिएका नारायण नगरपालिकाका ३ जना, नौमुले गाउँपालिका ५ जना गरी ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

जुम्लामा बिहबार पोजेटिभ देखिएका दैलेखको नारायण नगरपालिकामा ६९, देवलकाँडामा १२, सोतमा ९, मानटाकुरामा ७,साडुमा २, भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया