युएई र म्यानमारमा रहेका नेपालीको भोली उद्धार गरिने

काठमाडौं । युएई र म्यानमारमा रहेका नेपालीको भोली उद्धार गरिने भएको छ । सरकारले विदेशमा रहेका नेपाली ल्याउने काम भोलिदेखि सुरू गर्न लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जेठ २३ गते दुई देशबाट नेपाली ल्याएर जहाज आउने भएका छन् ।

जानकारी अनुसार म्यानमार र संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याएर जहाज आउने तालिका तयार भइसकेको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) स्रोतका अनुसार युएईबाट फ्लाई दुबईले २ सय ३१ नेपाली लिएर भोलि काठमाडौं आउनेछ । त्यस्तै, म्यानमारबाट पनि २६ जना नेपाली आउने भएका छन् ।

प्रतिक्रिया