गर्भवती हात्तीको हत्याराबारे जानकारी दिनेलाई एक लाख पुरस्कार

एजेन्सी । वाइल्ड लाइफ एसओएसले भुइँकटहरभित्र बिस्फोटक पदार्थ राख्नेविरुद्ध आवाज उठाएको छ । यस्तो बिस्फोटक जनावरको मुखमा बिस्फोट हुन्छ जसले जनावरकै मृत्यु गराउँछ । वाइल्ड लाइफ एसओएसले यस्तो अपराध रोक्न माग गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा पत्ता लागेअनुसार हात्तीको मुखमा घाउ भएको थियो र क्रुड बमका कारण जिब्रो पनि टुक्रा भएको थियो । भुइँकटहरमा लुकाएको बिस्फोटक उसले चपायो र तीन दिनपछि मृत्यु भयो ।

वाइल्ड लाइफ एसओएसले हत्यामा संलग्न आरोपीलाई पक्राउ गर्न सहयोग गर्नेलाई एक लाख पुरस्कार घोषणा गरेको छ ।

प्रतिक्रिया