प्रमुख प्रशासकिय अधिकृतमाथि आक्रमण

दैलेख । दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरासिंह थापामाथि आक्रमणभ एको छ । भारतका विभिन्न स्थानबाट उद्धार गरी वडा नं. ४ मा रहेको क्वारेन्टाइनमा राखेका युवाहरुले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत थापामाथि आक्रमण गरेका हुन् ।

आरडीटी परीक्षणको रिपोर्ट आएपछि प्रमुख प्रशासकिय अधिकृतले उनिहरुलाई सम्झाएर घरमा होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिँदै गर्दा एकाएक ढुङ्गा हानेपछि प्रशासकिय अधिकृत घाइते भएको गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टाइमा बसेका युवाहरुले गाउँपालिकाको स्र्टोस शाखा चेक गर्न माग राखेको र प्रमुख प्रशासकिय अधिकृत त्यो समय स्र्टोस चेक गर्नेभन्दा पनि सुरक्षीत भएर बस्ने समय भएको बताएपछि युवाहरुले उनिमाथि नै आक्रमण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले गाउँपालिकाले अलपत्र परेको आफ्ना नागरिकलाई उद्धार गरी ल्याएर उनीहरुको आरडीटी परीक्षण गरेर घर फर्काउन खोज्दा प्रमुख प्रशासकिय अधिकृृतमाथि भएको दुव्र्यवहारप्रति दुखद घटना भएको बताए ।

उनले क्वारेन्टाइमा बस्दा राम्रोसँग खाना नपाएको, सेनिटाइजर, पिफर्म, मास्क लगायतका सामग्री प्रयाप्त मात्रामा नपाएको भन्दै गाउँपालिकाको स्र्टोस शाखा हेर्न खोजेपछि समस्या सिर्जना भएको बताए । घाइते प्रशासकिय अधिकृत थापाले गाउँपालिकाका जनतालाई सेवा दिन रात दिन नभनी काम गर्दासमेत यो व्यवहारले आफूलाई दुःखी बनाएको बताएका छन् ।

प्रतिक्रिया