टिपर र ट्याक्टर ठोक्‍किँदा सहचालकको मृत्यु

सर्लाही । ईश्वरपुर नगरपालिका– ५ मा पर्ने फुलजोरस्थित मंगलबार राती करिब ९ बजेको समयमा टिपर र ट्याक्टर एक आपसमा ठोक्‍किँदा सहचालकको मृत्यु भएको छ । भने चालक गम्भरि घाइते भएका छन् ।

फुलजोरबाट बयलबासतर्फ जाँदै गरेको ना ८ ख ३०९३ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको ना ४ त ४१२५ नम्बरको ट्याक्टर एक आपसमा ठोक्‍किँदा दुर्घटना भएको सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेलले जानकारी सदए ।

टिपर चालक गम्भीर घाइते भएकाले उनलाई थप उपचारका लागि विरगंज स्थित रहेको न्यूरो अस्पतालमा लगिएको छ । टिपर चालक जिल्ला उदयपुर कटारी नगरपालिका– ६ मा बस्ने वर्ष २४ का विष्णुबहादुर दनुवार रहेका छन् ।

सोही नगरपालिका– ७ बस्ने वर्ष २३ का सुजन दनुवार सहचालक रहेका छन् । ईश्वरपुर नगरपालिका– ६ का ४९ वर्षीय ट्याक्टर चालक रामप्रसाद महरालाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको सर्लाही प्रहरी प्रमुख एसपी पोखरेलले बताए ।

प्रतिक्रिया