गण्डकी प्रदेशमा थपिए १० संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण भएका व्यक्ति फेला परेका छन्।

मंगलबार भेटिएका संक्रमितमा स्याङ्जाका पाँच जना र पर्वत पाँच जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयले जनाएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा संक्रमणको पुष्टि भएको हो।

त्यस्तै पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुषमा संक्रमण भेटिएको हो।

यो पर्वतमा देखिएको पहिलो पटक स‌ंक्रमण हो । उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाइको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।

प्रतिक्रिया