खोजखबर

फेरि थपिए १३ जना संक्रमित, कुल संख्या १८११ पुग्यो

सौर्य अनलाइन २०७७ जेठ १९ गते १९:०१ मा प्रकाशित

काठमाडौं । सोमबार फेरि १३ जनामा कोरोना संक्रमित थपिएका छन् । आजै दिउँसो २२६ जनामा कोरोना पुष्टि भएपछि पुनः साँझ १३ जना थपिएर एकैदिन २३९ जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो दिन हो । यसबारे काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १८११ जना पुगेको छ ।

पछिल्लो पटक आईतबार जना संक्रमित थपिएका हुन् । यसैगरी, २२१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै, यही संक्रमित मध्येबाट ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया