स्वास्थ्य

५६ जना पत्रकारको निःशुल्क बीमा

विवेक अर्याल २०७७ जेठ १९ गते १२:१५ मा प्रकाशित

धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लाका क्रियाशिल ५६ जना पत्रकारहरुको दुर्घटना र कोरोना बीमा गरेको छ ।धादिङका क्रियाशिल ५६ जना पत्रकारको प्रति व्यक्ति रु ६५० का दरले ज्योति लाइफ इन्स्योरेन्समा दुर्घटना बीमा र नेको इन्स्योरेन्समा प्रति पत्रकार रु ६०० का दरले ४४ जना पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरेको हो ।

पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्माका अनुसार दुवै बीमामार्फत लाग्ने प्रति व्यक्ति खर्च १ हजार २५० रुपैया सबै पत्रकार महासंघ धादिङ शाखाले नै तिरेको छ ।

यता धादिङका पत्रकारहरुले गरेको बीमामा दुर्घटनामा परि मृत्यु भएमा २ लाख, कुनै पनि कारणले मृत्यु भएमा १ लाख, पूर्ण अपाङ्ग भए १ लाख, अपाङ्ग भए कम्पनीको नियमानुसार बढीमा १ लाख, दुर्घटनामा परि औषधि उपचार गर्नु पर्यो भने १० हजार, काजकिरिया खर्च १० हजार दिईने ज्योती लाईफ इन्सुरेन्स धादिङ शाखाका प्रमुख जयराम ढुङ्गानाले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय