अस्पतालमा सुत्केरीको मृत्यु

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन् ।

मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । सुत्केरी व्यथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । सुत्केरी भएको दुई दिनपछि आज बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नवजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ । -रासस

प्रतिक्रिया