वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनकको ८० वर्षको उमेरमा निधन भएको छ । कलाकार ठकुरीको आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित आफ्नै निवासमा निधन भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए । उनको आजै पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ ।

फिल्म जीवन रेखाबाट अभिनय सुरुवात गरेका वरिष्ठकलाकार ठकुरी प्यारालाइसिस रोगबाट लामो समयदेखि थलिएका थिए । सुगर, प्रेसर रोगबाट समेत पिडित उनले चलचित्रसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

उनी पछिल्लो पटक चलचित्र भागी भागी नजाऊमा देखिएका थिए । विश्वास, भाग्य रेखा, फेरि भेटौँला, ‘मायालु, युद्ध, लगायतका थुप्रै चलचित्रमा अभिनेताको भूमिका निर्वाह गरेका छन् । साथै, कलाकार ठकुरीले भारतीय चलचित्र ‘पञ्चओटी’ र पाकिस्तानी एक चलचित्रमा समेत अभिनय गरेका छन् । उनका एक छोरी र श्रीमती रहेका छन् ।

प्रतिक्रिया