आइसोलेसनमा करण

मुम्बई । बलिउडका चर्चित निर्माता करण जोहर आइसोलेसनमा बसेका छन् । उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले ट्वीटरमार्फत जानकारी दिँदै दुई कर्मचारीमा लक्षण देखिएपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताएका छन् ।

त्यस्तै, उनको पूरा भवनलाई स्यानिटाइज गरिएको छ । करणले ट्वीटरमा लेखेका छन्, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना परीक्षण गरिएको छ, जुन नेगेटिभ आएको छ । तर हाम्रा आसपासका मानिसहरु सुरक्षाका लागि १४ दिनका लागि हामी आइसोलेसनमा हुनेछौं ।’

प्रतिक्रिया