डा. ढकालले ल्याए ‘वासदेखि पुनर्वाससम्म’

काठमाडौं । नेपाली–भाषी भुटानी लेखक डा। लक्ष्मीनारायण ढकालले ‘वासदेखि पुनर्वाससम्म’ संस्मरणात्मक कृति ल्याएका छन् । उक्त कृतिको अमेरिकाको केन्टकीमा शनिबार विमोचन गरिएको हो । साहित्य परिषद्, भुटानको आयोजनामा लुइभिलमा भएको कार्यक्रमलाई सुनकोश टिभीमार्फत फेसबुकमा पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण यसअघि २२ मार्चमा सार्वजनिक गर्न लागिएको उक्त कृतिको विमोचन मिति सारिएको थियो ।

सो अनलायन कार्यक्रममा बनारसमा अध्ययन गरेका ढकालका गुरू सम्पूर्णानन्द विश्वविद्यालयका प्रा। हरिप्रसाद अधिकारी भारतबाट, नेपाली साहित्यकार कृष्ण धरावासी नेपालबाट, र अष्ट्रेलियाबाट यतिराज अजनबी तथा उत्तर अमेरिकाका नेपाली साहित्यकार जोडिएका थिए । सो कार्यक्रममा साहित्यकार भक्त घिमिरे, शिवलाल दाहाल लगायतले कला र साहित्यलाई सीमानाले नरोक्ने विचार व्यक्त गरेका थिए ।

त्यस्तै, खगेन्द्र भण्डारी जन्तरे, मनिराम धिमाल, आभास रिखाम मगर, घनश्याम रेग्मी, डिल्लीराम आचार्यलगायतका कविले कवितावाचन गरेका थिए । डा। ढकालले भुटानमा नेपालीहरू किन, कहिले र कसरी पुगे भन्ने विषयलाई पुस्तकमा समेटेका छन् । साथै उनले भुटानको सम्वृद्धिमा नेपाली भाषीले के कस्तो भूमिका निर्वाह गरे र अन्तत भुटानबाट किन लखेटिए रु यिनै विषयमा केन्द्रित रही उक्त संस्मरणात्मक पुस्तक लेखेका छन् ।

भुटानको सुन्तले, दागपेलामा जन्मिएका डा। ढकालले भुटानबाट लखेटिएपछि नेपालस्थित शरणार्थी शिविरमा लामो समय बिताए । यसैबीचमा उनले भारतको बनारसबाट विद्यावारिधि गरे । उनी भुटानी शरणार्थी तेस्रो देशमा पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका हुन् । अमेरिकी सरकारले ९६ हजार १ सय ७८ भुटानीलाई पुनर्वास दिलाएको छ । साहित्य परिषद्, भुटानका अध्यक्ष गंगा लामिटारेको अध्यक्षतामा भएको सो कार्यक्रम परिषद्का सचिव खेम रिजालले सञ्चालन थिए ।

प्रतिक्रिया