महिला लघुवित्तले गरायाे कर्मचारीको कोरोना बीमा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सम्पूर्ण तहका कर्मचारीको कोरोना बीमा गराएको छ ।

फिल्डमा खटिएका कर्मचारीहरुको स्वास्थ्यको ख्याल गदै कोरोना भाईरसबाट हुनसक्ने सम्भावित जोखिमको रक्षाका लागि प्रति कर्मचारी १ लाख बराबरको सामुहिक कोरोना बीमा गरेको बताइएको संस्थाका कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए ।

महिला लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्स लिमिटेड बीचमा कोराना बीमा सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार अब वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स लिमिटेडले तोकिए बमोजिमको रकम क्षतिपुुर्ति वापत कर्मचारीलाई उपलब्ध गराउनेछ ।

नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले वनेपा नगरपालिका–१३ सागाँ काभ्रेमा केन्द्रीय कार्यालय स्थापना गरि हाल ३० जिल्लामा ५३ वटा शाखा मार्फत १अर्व ७३ करोड लगानी गरी करिब बयालिस हजार विपन्न घरपरिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

यस्तै सस्थाले आफ्ना समूहका सदस्यलाई लकडाउनका कारण समस्या परेको भन्दै विभिन्न जिल्ला शाखाहरुमा राहत वितरण गर्दै आएको छ ।

प्रतिक्रिया