भारतीय क्वारेन्टाइनमा एक नेपालीको मृत्यु

बुटवल । भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसेका एक जना नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ । ५ जेठदेखि नौतनवास्थित राजीव गान्धी पिजी कलेजको क्वारेन्टाइनमा रहेका स्याङ्जाका हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको भारतीय क्यारेन्टाइनमा मृत्यु भएको हो ।

मृतक थापाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचार पश्चात पुनः क्वारेन्टाइनमा ल्याइएको थियो । क्वारेन्टाइन फर्केलगत्तै उनको मृत्यु भएको बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । उनमा कोरोना भए नभएकोबारे पिसिआर परीक्षणपश्चात थाहा हुने बताइएको छ ।

प्रतिक्रिया