कलाकारहरु जुर्मुराए नेपाली भूमि फिर्ता गर्न

काभ्रे । काभ्रे नेपाली भूमि भारतले मिचेको विवादले विश्व तताइरहँदा भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु आफ्नो नेपाली भुमि फिर्ता ल्याउनुपर्छ भन्दै गीतमार्फत जुर्मुराएका हुन् । चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न आमम नेपालीलाई एक हुन आग्रह गरेका छन् ।

विश्व कोरोना भाइरस संक्रमणको त्रासमा रहेको बेला बिगत लामो समयदेखि नेपाल–भारत सीमाना विवाद भइरहेको अवस्थामा हालै ‘हाम्रो माटो’ बोलको देशभक्तिले भरिएको गीत सार्वजनिक भएको हो । यस महामारीको बेलामासमेत भारतले नेपाली भूमि मिच्दै भारतले सडक निर्माण गरेर नेपालीमाथि गरेको प्रहारलाई गीतमार्फत पोखिएको छ ।

उक्त गीतमार्फत भारतलाई केही दवाब दिँदै नेपालीहरुलाई आफ्नो भूमि फिर्ता गर्न आग्रह स्वरुप गीत निर्माण गरिएको कलाकारहरु बताउँछन् । कोरोना भाइरसको महामारीसँग विश्व समुदायनै सामुहिक रुपमा लड्दै गर्दा भारतले नेपालको स्वीकृति बिनै भूमि मिचेर बाटो बनाएपछि विश्वमा रहेका अधिकांश नेपालीले आफ्नै तवरले विरोध गरिरहेका छन् । भारतको नेपालप्रति मिचाह प्रवृत्तिलाई गतिलो झापडको रुपमा गीत सार्वजनिक भएको छ ।

अमृत खातिको शब्द, खाती र राजा राजेन्द्र पोख्रेलको संगीत रहेको उक्त गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय शृपालको रहेको गीतको भिडियो निर्देशन र सम्पादन हुम गैरेको रहेको छ भने गायिका सिर्जु अधिकारी युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ । नेपाल सरकारले हालै नेपालको नयाँ नक्सा जारी गरिसकेको छ ।

भारत र विश्व सामु चुनौतीपूर्ण चर्चा परिचर्चा चलिरहेको वर्तमान अवस्थामा अब आफ्नो पहिचानसहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्नका लागि एक जुट हुन जरुरी रहेको छ । जबर्जस्ती देशको भू–भाग मिचिएको छ । हाम्रो भू–भाग फिर्ता गर्न अब हामी सबै नेपालीले संघर्ष गर्नुपर्ने बेला भएको छ । त्यसैले हामी नेपाली एक हुनको लागि अनुरोध गरेर एकै स्वरमा गीत कलाकारहरुले गीत गाएका छन् । आफ्नो स्वाभिमान रक्षा गर्नसमेत सबै एक हुनुपर्ने बेला भएको गीतमा स्वर दिएका बिक्रमजंग शाहले बताए ।

प्रतिक्रिया