लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने

काठमाडौं । लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने भएका छन् । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लगाएको लकडाउन अवधिभर घरभाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको हो ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले विपदको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका छन् । यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने जनाएको छ ।

प्रतिक्रिया