धरौटीमा छुटेलगत्तै पुनः पक्राउ परे सुलभ अग्रवाल

काठमाडौं । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेर रु २५ लाख ५० हजार धरौटी बुझाएर बिहीबार रिहा भएलगत्तै शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई पुनः प्रहरीले पक्राउ गरेको छ ।

अग्रवाल केही बेरअघि मात्रै उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए । थर्मल गन कालोबजारी गरेको आरोपमा उनी गत चैत २५ गते पक्राउ परेका थिए ।

उनीमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । डीएसपी बोगटीका अनुसार आरोपित अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने छ ।

प्रतिक्रिया