भरतपुर कोरोना अस्पतालमा चोरी नभएको अस्पतालको दावी

चितवन । भरतपुरको कोरोना विशेष अस्पतालमा चोरी नभएको अस्पतालले दावी गरेको छ । एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण कार्यदल भरतपुरका सदस्यसचिव डा. भोजराज अधिकारीले कोरोना अस्पतालमा चोरी भएको नभई कार्यदलको स्टोरसम्म सामान ओसारपसार गरिएको दावी गरेका हुन् ।

अस्पतालका कर्मचारीहरुले नै विभिन्न स्वास्थ्य सामग्रीहरु लिएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि अख्तियारले छापा मारेको छ । आर्थिक अनियमितता गरिएको पनि आशंकासमेत अस्पतालमा गरिएको छ ।

प्रतिक्रिया