समस्या परेकाकोे कोठामै पुगेर नेता शाहीको सहयोग

कालिकोट । नेपाली कांग्रेस महासमिति सदस्य भुपेन्द्रजंग शाहीले भक्तपुर र काठमाडौं उपत्यका भित्र बस्ने कालिकोटवासीलाई सहयोग गरेका छन् । उनले महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि गरिएको निरन्तर लकडाउनका कारण समस्यामा परेका उपत्यकामा रहेका कालिकोटवासीको कोठा कोठामा पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।

कालिकोटबाट मजदूरीका लागि राजधानी गएका तर, लकडाउनका कारण छाक टार्नै समस्यामा परेका भक्तपुरदेखि थानकोटसम्म कोठा भाडामा लिएर बसेकाहरूलाई युवा नेता शाहीले राहत वितरण गरेका हुन् । गृह जिल्लाका नागरिकहरु राजधानीमा गएर समस्यामा परेको थाहा पाएपछि उनीहरूकै कोठामा पुगेर सहयोग गरेको नेता शाहीले जानकारी दिए ।

नेपाल तरुण दलका महासचिव समेत रहेका शाहीले यसअघि पनि कालिकोटसँगै दैलेख, मुगु, सुर्खेत, जाजरकोटका २ सय जनालाई खाद्यान्न सहयोग गरेका थिए । नेता शाहीले कर्णालीबाट राजधानीमा गएका कसैलाइ पनि समस्यामा पर्न नदिइने बताए । कालिकोटबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नेता शाहीले विपद्को बेला समस्यामा परेका हरेक नागरिकको समस्यामा आफूले साथ दिने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया