लक्षण बिनाको संक्रमण झनै खतरा

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि बढदै गएको छ । तर, नेपालमा भेटिएका कोरोना भाइरसका संक्रमित मध्ये अधिकाशंमा लक्षण नै देखिएको छैन । शंकाको आधारमा जाँच गराउँदा मात्रै उनीहरुमा कोरोना भाइरस पुष्टि भएको छ । मंगलबारसम्म नेपालमा १६ जना संक्रमित फेला परेको पुष्टि भईसकेको छ । जसमध्ये अधिकाशं विदेशबाट आएका छन् । चिकित्सकहरुका अनुसार सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने बताउने गरेका छन् । तर, १० दिनवितिसक्दा पनि उनिहरुमा त्यस्तो लक्षण देखिएको छैन । कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाकी ६५ वर्षीया वृद्धाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पाँच जनामध्ये चार जनामा कोरोनाको लक्षण नै देखिएको छैन । वीरगञ्जमा भेटिएका तीन भारतीयलाई कहाँबाट कोरोना सर्यो भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन । नेपालमै सरेको भए कोबाट सर्यो भन्ने अनुसन्धान जारी रहेको छ । प्रदेश–२ का चार संक्रमितमा पनि त्यस्तो लक्षण देखिएको छैन ।

लक्षण नै नदेखिनु र एक पछि अर्को संक्रमित थपिदा आम मान्छे त्रास फैदा भएको छ । यसले झनै खतरा हुनसक्ने चिकित्सकहरु पनि बताउछन् । नेपालमा अर्को चिन्ता भनेको संक्रमित व्यक्तिसँगै बसेका व्यक्तिमा कोरोना देखिएको छैन । कैलालीका ३४ वर्षिया पुरुषको परिवारमा भाउजुलाई मात्र देखिएको छ । यस्तै पेप्सीकोलाका संक्रमितमा श्रीमतिलाई देखिएको छैन भने आमालाई देखिएको छ । यसले संक्रमण कसरी हुन्छ भन्नेमा पनि चिन्ता र चासो बढाएको छ । नजिक भएका कारण भन्दा पर संक्रमण भएको देखिन्छ । यस्तो अवस्थामा सामाजिक दूरी केलाई मान्ने भन्ने प्रश्न उब्जाएको छ । यसरी लक्षण देखा न पर्ने तर एक पछि अर्को संक्रमित फेला पर्दे जाने हो भने नेपालमा कोरोना कहाँसम्म पुगेको होला भनेर अनुमान लगाउन कठिन हुन सक्ने देखिन्छ ।

नेपालमा देखिएको संक्रमितको अवस्थाले अर्को पनि चिन्ता प्रकट गरेको छ । क्यारेन्टाइनमा राखेको मान्छे भाग्ने वा क्वारेन्टाइनबाट घर फर्किए पछि संक्रमण भएको देखिने गरेको छ । यस्तो अवस्थामा कोरोनाको जालो कहाँसम्म पुगेको होला भन्न सकिने अवस्था छैन । अर्को तफै नेपालीहरुमा जचाए रोग पत्ता लगाउने भन्दा छलेर रोग पचाइन्छ भन्ने मानसिकता देखिएको छ । त्यसैको उदाहरण हो क्वारेन्टाइनबाट भाग्नु वा क्वारेन्टाइनमा जान अरुले बाध्य पारेमा समाचार आउनु । स्वस्फूर्तरुपमा जचाउन जाने र संक्रमण भए नभएको निर्कोवल गरेर बस्ने निकै कम देखिएका छन् । संक्रमणहुँदै नहुनु राम्रो हो तर संक्रमण भैहालेको अवस्थामा उपचार गर्नु कम राम्रो होइन । त्यसैले नेपालमा कोरोना भाइरसको आकार जुनढंगले बड्दै छ त्यो भन्दा चिन्ताको बिषय हो यसको लक्षण नदेखिनु । उसैत संक्रमण छ छैन भनेर अस्पताल जानै नचाहने नेपालीको स्वभाव देखिएको छ त्यसमा लक्षण नै नदेखिए पछि झनै केही भएको छैन भन्दै पन्छने प्रवृति छ । यसले हामीमा थाहै नपाइ वा सम्भावना भन्दा धेरै टाडा पुगेर रोगसँग लडने अवस्था आयो भने झनै ठूलो चुनौति हुनसक्छ ।

प्रतिक्रिया